कांग्रेस महाधिवेशन : सभापतिका लागि भएको मतदान अन्तिम चरणमा

साढे सातबजेसम्मको लागि मतदान तोकिए पनि लाइनमा बसेकाहरूको पालो नसकिएकाले समय थप गरिएको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशन : सभापतिका लागि भएको मतदान अन्तिम चरणमा

काठमाडौँ। नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदान अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तीन हजार बढीले मतदान गरेका छन्।

साढे सातबजेसम्मको लागि मतदान तोकिए पनि लाइनमा बसेकाहरूको पालो नसकिएकाले समय थप गरिएको छ।

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए। राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ।

सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन्। पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण रुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।

मतदानको मतगणना राति १० बजेदेखि शुरु गरिने भएको छ। मतदान सकिएलगत्तै आजै राति १० बजेदेखि सभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ। र आजै राती अबेरसम्म सभापतिको मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।सभापतिबाहेकको मतगणना भने बिहीबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved