कांग्रेस १४ औँ महाधिवेशन

मतगणनाको नतिजा बिहान १० बजेसम्म आउने

आज बिहान चार बजेपछि शुरु भएको गणनाको नतिजा बिहान १० बजेसम्म आइसक्ने भएको हो।

नेपालभ्युज

मतगणनाको नतिजा  बिहान १० बजेसम्म आउने

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भएको चुनावको नतिजा मंगलबार बिहान १० बजेसम्म आइसक्ने भएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको चुनावको नतिजा बिहान १० बजेसम्म आइसक्ने भएको हो।

आज बिहान चार बजेपछि शुरु भएको गणनाको नतिजा बिहान १० बजेसम्म आइसक्ने भएको हो।

गणना शुरु भएको तीन घण्टामा करिब आधा सकिएको र बाँकी तीन घण्टामा परिणाम आउने देखिएको हो।

प्रारम्भिक नतिजाअनुसार सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बनाइराखेका छन्। उनलाई डा. शेखर कोइरालाले नजिकबाट पछ्याइरहेका छन्।

अन्य प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ देउवा र कोइरालाभन्दा निकै पछि रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved