कांग्रेस महाधिवेशन : खस्यो चार हजार दुई सय मत

नेपालभ्युज

कांग्रेस महाधिवेशन : खस्यो चार हजार दुई सय मत

काठमाडौं। नोपली कांग्रेस महाधिवेशनको जारी मतदानमा अहिलेसम्म चार हजार दुई सय ९६ मत खसेको छ। यद्यपि मतदान भने जारी छ। मतदान साढे १० बजेसम्म जारी रहने जनाइएको छ।

सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय भए पनि मतपत्र समयमा नआएका कारण साढे तीन घण्टा ढिला गरेर मतदान शुरु भएको थियो।

मतदान प्रक्रिया सकिएपछि रातिबाटै मतगणना शुरु गर्ने निर्वाचन समितिको तयारी छ। सभापतिको मतगणना भने मतदानस्थलमै हुनेछ। अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुने महाधिवेशन निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved