महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुन्छ : शेखर कोइराला

नेपालभ्युज

महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुन्छ : शेखर कोइराला
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने बताएका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले भागबन्डा, गुटबन्दीरहित कांग्रेस बनाएर सबैलाई समेट्दै तीनओटै तहको निर्वाचन जित्ने गरि अघि बढ्ने बताए।

उनले अनुभव र ऊर्जाले भरिएको आफ्नो टिमलाई जिताउन आग्रह गर्दै आफूलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र शंशाक कोईरालाको साथ रहेको दावी गरे। उनले अहिले पार्टीभित्र नेतृत्वका लागि समूह देखा परे पनि महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने बताए। उहाले आफुले नयाँ कार्यक्रम, नयाँ विचार, नयाँ सोचका पार्टीलाई एकतावद्ध भएर अघि बढाउने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ कोइरालाको प्यानल रोजेको बताए। एमालेजस्तो गोजीबाट नाम निकालेर पदाधिकारी चयन गर्ने पार्टी कांग्रेस नभएको भन्दै लोकतान्त्रीक पार्टीभित्र निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने भनाइ उनको थियो।

सभापतिमा निर्वाचित भएको दिनबाट गुटको नभई सिंगो कांग्रेसको सभापति बन्न उनले नेता कोइरालालाई आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved