पौडेल निवास बोहराटार पुगेर देउवाले भने- राजनीति छाड्ने कुरा नगर्नुस्

घरमा आइपुगेका देउवालाई पनि पौडेलले आफू आफ्नो सिद्धान्त र आदर्शविपरीत भएको अस्वस्थ प्रतिस्पर्धाबाट बाहिरिएको बताए।

नेपाल भ्यूज

पौडेल निवास बोहराटार पुगेर देउवाले भने- राजनीति छाड्ने कुरा नगर्नुस्

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन नसकेपछि राजनीति छाड्ने बताएका रामचन्दै पौडेललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको घरमै पुगेका छन्।

पार्टी सभापतिमा उम्मेदवारी दर्ता गरेपछि शनिबार राति देउवा पौडेल निवास बोहराटार पुगेका हुन्। १४ औँ महाधिवेशनमा खुलेर सहभागी नभएका पौडेललाई भेट्न देउवा निवासमै पुगेका हुन्।

देउवाले पौडेललाई भेटेर राष्ट्रका लागि आवश्यक व्यक्ति भएकाले राजनीतिबाट टाढा हुने कुरा नगर्न आग्रह गरेका थिए। देउवाले स्वास्थय अवस्था राम्रो राख्दै राजनीतिबाट बाहिरिने कुरा नगर्न पनि आग्रह गरेका थिए।

पौडेलले संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन नसकेपछि आफू अस्वस्थ राजनीतिबाट टाढा रहने भन्दै प्रेस विज्ञप्ति निकालेका थिए। आफू १४ महाधिवेशनमा प्रतिस्पर्धामा नरहने घोषणा गर्दा पौडेल निकै भावुक बनेका थिए।

घरमा आइपुगेका देउवालाई पनि पौडेलले आफू आफ्नो सिद्धान्त र आदर्शविपरीत भएको अस्वस्थ प्रतिस्पर्धाबाट बाहिरिएको बताए। उनले देउवालाई भने, “प्रतिष्पर्धामा रहेकाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुस्, कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved