केन्टकीमा विनाशकारी आँधी, कम्तिमा १०० जनाको निधन

राष्ट्रपति जो बाइडेनले गरे सहयोगको प्रतिबद्धता

बाइडेनले परिस्थिति त्रासदीपूर्ण रहेको भन्दै पीडितहरुलाई जे जे सहयोग चाहिन्छ, त्यो सबै केन्द्र सरकारले उपलब्ध गराउने बताए। उनले आफूहरु त्यसमा लागेको पनि बताए।

नेपालभ्युज

केन्टकीमा विनाशकारी आँधी, कम्तिमा १०० जनाको निधन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले विनाशकारी आँधीबाट प्रभावित राज्यहरूलाई सहयोग गर्ने वाचा गरेका छन्। इतिहासको ‘सबैभन्दा ठूलो’ आँधीको प्रकोपको रूपमा वर्णन गर्दै बाइडेनले सहयोगको वाचा गरेका हुन्।

अमेरिकाको मध्यपूर्वी तथा दक्षिणी क्षेत्रमा उक्त आँधीका कारण कम्तिमा १०० जनाको निधन भएको अधिकारीहरुले बताएका छन्। ती क्षेत्रमा आँधीका कारण घरहरू ध्वस्त भएका छन्। व्यापारहरू व्यवसायको पनि उस्तै हाल बनेको छ।

बाइडेनले शनिबार केन्टकीको सबैभन्दा बढी प्रभावित राज्यको लागि आपतकालीन प्रकोप घोषणालाई अनुमोदन गरेका छन्। आँधीबाट केन्टकीमा मात्रै कम्तिमा २२ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।

बाइडेनले परिस्थिति त्रासदीपूर्ण रहेको भन्दै पीडितहरुलाई जे जे सहयोग चाहिन्छ, त्यो सबै केन्द्र सरकारले उपलब्ध गराउने बताए। उनले आफूहरु त्यसमा लागेको पनि बताए।

केन्टकीका गभर्नर एन्डी बेशियरले उक्त आँधी राज्यको इतिहासमा सबैभन्दा विनाशकारी भएको बताए। उनले केन्टकीमा मात्रै १०० भन्दा बढी बेपत्ता रहेको भन्दै बेपत्ताहरुको खोजीमा लागेको र उनीहरुको जीवितै उद्धार एक चमत्कार हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved