एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

नेपालभ्युज

एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा एनआरटीले पहिलो जित दर्ता गरेको छ।

दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हरायो। एनआरटीलाई जिताउन विदेशी खेलाडी स्टेफेन समीर विनोनले खेलको दोस्रो हाफको पहिलो मिनेटमै गोल गरे। उनले अर्का विदेशी खेलाडी मेसुके ओलुमोहुको पासमा गोल गरे।

पहिलो जितसँगै एनआरटीले चार खेलमा पाँच अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ। पहिलो पटक लिग खेलेको सातदोबाटोको भने चार खेलबाट सात अंक छ। ऊ लिगको तेस्रो स्थानमा छ। आज जित निकालेको भए उसले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने थियो।

लिगको शीर्ष स्थानमा मनाङ छ। मनाङले चार खेलबाट १० अंक जोडेको छ। मनाङ १ खेलमा बराबरीसहित अपराजित छ। आजै हुने दोस्रो खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा भिड्नेछन्। मच्छिन्द्रले आज जित निकाल्न सके लिगको शीर्ष स्थानमा उक्लिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved