‘कांग्रेसलाई सम्झाउन’ भृकुटीमण्डप पुगे ओली

भृकुटीमण्डप पुग्नुअघि ओलीले एमाले बागमतीकाे बधाई कार्यक्रमलाई सम्बोधन आफू कांग्रेसलाई सम्झाउनका लागि कार्यक्रममा सहभागी हुन लागेकाे बताएका थिए।

नेपालभ्युज

‘कांग्रेसलाई सम्झाउन’ भृकुटीमण्डप पुगे ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्‍‍त्री केपी शर्मा ओली कांग्रेसको महाधिवेशनस्थलमा पुगेका छन्।

एमालेकाे बागमती प्रदेश कमिटीको बधाई कार्यक्रमलाई सम्बोधन गरेर ओली भृकुटीमण्डप पुगेका हुन्।

भृकुटीमण्डप पुग्नुअघि ओलीले एमाले बागमतीकाे बधाई कार्यक्रमलाई सम्बोधन आफू कांग्रेसलाई सम्झाउनका लागि कार्यक्रममा सहभागी हुन लागेकाे बताएका थिए।

उनले कार्यक्रममा काे काे आउँछन् वा आए भन्ने विषयमा आफू नलाग्ने भन्दै कांग्रेसलाई सम्झाउनका लागि महाधिवेशनमा सहभागी हुने बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसअघि नै महाधिवेशनस्थलमा पुगिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved