कांग्रेस १४ औँ महाधिवेशन

साझा उम्मेदवार छान्न जुट्दै इतर पक्षका नेताहरू

हिजो पनि दिनभर छलफलमा बसेका नेताहरुले साझा उम्मेदवार टुंग्याउन सकेका थिएनन्।

नेपाल भ्यूज

साझा उम्मेदवार छान्न जुट्दै इतर पक्षका नेताहरू

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा साझा उम्मेदवार छान्नका लागि संस्थापनइतर पक्षका नेताहरु जुट्दैछन्।

इतर पक्षका नेताहरु आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बस्न लागेका छन्।

हिजो पनि दिनभर छलफलमा बसेका नेताहरुले साझा उम्मेदवार टुंग्याउन सकेका थिएनन्।

नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेताहरूको बैठक बसेको थियो। कुनै पनि हालतमा सभापतिको साझा उम्मेदवार खोज्ने गरी बैठकमा छलफल भएको थियो।

बैठकमा वरिष्ठ नेता पौडेलका साथै महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, महेश आचार्य, रामशरण महत, रामकृष्ण यादव, धनराज गुरुङ, मीनेन्द्र रिजाल, सीतादेवी यादवलगायत सहभागी थिए।

नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापनइतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका थिए।

भित्र नेताहरूको बैठक चलिरहँदा चाक्सीबारीमा बाहिर उनीहरूले प्रदर्शन गर्दै युवाहरुले साझा उम्मेदवार तय गर्न दबाब दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved