मोटरसाइकल चोरीमा संलग्‍न ७ जना पक्राउ

महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ।

नेपालभ्युज

मोटरसाइकल चोरीमा संलग्‍न ७ जना पक्राउ

काठमाडौं।  काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न गिरोहलाईसार्वजनिक गरेको हो।

सोमबार राति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए।

‘‘बेलुका बबहमहलबाट चोरेको मोटरसाईकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौं । यो ७ जना भनेको चाँही काठमाडौंको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ’’, उनले भने।

त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved