“सिटौलासँग कांग्रेसको सभापति हुने हैसियत पुग्दैन”

नेपालभ्युज

“सिटौलासँग कांग्रेसको सभापति हुने हैसियत पुग्दैन”
पुरन्जन आचार्य, राजनीतिक विश्लेषक

काठमाडौं । नेपाली कांग्रेसलाई १४ औँ महाधिवेशनको चटारोले छोपेको छ। प्रदेश २ बाहेक बाँकी ६ प्रदेशमा निर्वाचनबाट प्रादेशिक नेतृत्व चुनिइसकेको छ।

कांग्रेसभित्र सभापतिको साझा उम्मेदवार चयन गर्ने विषय पनि चर्चामा छ। कोइराला परिवारभित्रै सभापतिको साझा उम्मेवदवार खोजी भइनसकेको अवस्था छ। अनौपचारिक हिसाबले सभापति, महामन्त्रीका प्रत्यासीले आ-आफ्नै ढंगले नामहरू घोषणा गरे पनि पदाधिकारीका उम्मेदवारहरूको प्रस्ट चित्र आइसकेको छैन।

अघिल्लो (१३ औं महाधिवेशन) मा सभापतिका उम्मेदवार बनेका कृष्ण प्रसाद सिटौलाले अन्तिममा आएर शेरबहादुर देउवालाई समर्थन गरेका थिए। कांग्रेसभित्र १४ औं महाधिवेशनपछि नेतृत्व कसको हातमा जान्छ र प्रादेशिक चुनावको नतिजाले के देखाउँछ भन्नेबारे राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गरिएको कुराकानीः

प्रदेशिक निर्वाचनको नतिजाले १४ औँ महाधिवेशनबाट कांग्रेसमा कसको नेतृत्वमा पार्टी जान्छ भन्ने प्रारम्भिक संकेत देखिएको छ। त्यो संकेत देउवाको पक्षमा देखिए पनि अहिले नै नेतृत्व उहाँको हातमा जान्छ भन्न सकिँदैन।

यो किन भने प्रदेश अधिवेशन र महाधिवेशनमा आउने प्रतिनिधिको संख्या एउटै हुँदैन। उदाहरणका लागि प्रदेशमा भएको अधिवेशनमा ३४ जाना प्रतिनिधि थिए भने महाधिवेशन प्रतिनिधिका रूपमा सोही प्रदेशबाट २५ जना मात्रै आउन सक्छन्। प्रदेशमा भएका प्रतिनिधिहरूले प्रदेश अधिवेशनमा जस्तो प्रभाव पार्छन् त्यो तहबाट महाधिवेशन प्रतिनिधि चुनिएका छैनन्।

अर्कोतर्फ केन्द्रमा महाधिवेशन प्रतिनिधि ४ हजारभन्दा बढी आउने हुँदा प्रदेशकै नतिजका आधारमा नेतृत्वमा को स्थापित हुन्छ ठाक्कै भन्न सक्ने अवस्था हुँदैन। पार्टीभित्र सभापतिको अकांक्षी धेरै छन्। पार्टीलाई गुटगत आधारमा हेर्दा अन्यको तुलनामा सभापतिका लागि देउवा बलियो उम्मेद्वारका रूपमा देखिएका छन्। यद्यपि, महाधिवेशन प्रतिनिधिहरू देउवा समुहभन्दा इतर समुहका धेरै छानिएका कारण उनीहरू एक जुट हुन सकेको खण्डमा त्यसले देउवालाई चुनौती दिनसक्ने सम्भावना रहन्छ।

कोइराला परिवारको परम्परा पनि एउटै पदमा दुई व्यक्ति उठ्ने नरहेका कारण एउटा साझा उम्मेद्वार आउने सम्भावना छ। त्यसैले पनि महाधिवेशनसम्म पुग्दा कोइराला परिवारभित्रबाट एउटा व्यक्ति मात्रै सभापतिको उम्मेद्वार हुन्छन् भन्न सकिन्छ।

देउवाले सभापतिमा आफ्नो चुनौतीलाई निस्तेज बनाउन रामचन्द्र पौडेलालाई राष्ट्रपतिको उम्मेद्वार बनाउने आश्वासन दिएको चर्चा पनि हुनेगरेको छ। देउवाले पौडेललाई आफ्नो पक्षमा ल्याउन खोजेको बताइन्छ। यद्यपि पौडेल कुनै पदमा सम्झौता गर्ने व्यक्ति हुन् जस्तो लाग्दैन। राष्ट्रपति पदको आश्वासनकै भरमा पौडेलले देउवालाई सभापति पदमा सहयोग गर्ने सम्भावना कम छ। पौडेलसँगको निरन्तर छलफलका क्रममा यी विषयमा पनि पर्छन्। उहाँ यस्तो चर्चाको विरुद्धमा हुनुहुन्छ।

कांग्रेस पार्टीभित्र कोइराला परिवार एउटा शक्तिको रूपमा रहेको सत्य हो। यद्यपि, यो अहिले एकै ठाउँमा छैन। एकै ठाउँमा आउँदा कोइराला परिवार आज पनि पार्टीभित्रको शक्ति हो। कोइराला परिवारको माहोल शेखर कोइरालाको पक्षमा रहेको देखिन्छ। कोइराला परिवारको परम्परा पनि एउटै पदमा दुई व्यक्ति उठ्ने नरहेका कारण एउटा साझा उम्मेद्वार आउने सम्भावना छ। त्यसैले पनि महाधिवेशनसम्म पुग्दा कोइराला परिवारभित्रबाट एउटा व्यक्ति मात्रै सभापतिको उम्मेद्वार हुन्छन् भन्न सकिन्छ।

यो महाधिवेशनमा कांग्रेसले नेतृत्व मात्रै छाँदै छ, नीतिमा विषयमा छलफल नगर्ने पार्टीको नीति छ। देउवा नेतृत्वको कांग्रेसमा यस्तो हुनुलाई स्वभाविक रूपमा लिन सकिन्छ। आर्थिक समाजिकदेखि धेरै विषयमा नीतिगत छलफल हुनु अहिलेको सन्र्दभमा आवश्यक भए पनि हुन सकेको छैन।

नीतिका विषयमा छलफल गरेर पनि नेतृत्व छनोट हुन सक्थियो। गिरिजाप्रसाद कोइरालापछि पार्टीमा नीतिगत छलफल गर्नुभन्दा पार्टीलाई निर्वाचन केन्द्रित मात्रै गरेको देखिन्छ। एउटै विषयमा विभिन्न विचार राख्ने पार्टीका नेताबीच छलफल हुनुपर्नेमा त्यस्तो भएको छैन। यो पार्टी जीवनकै लागि दु:ख लाग्दो कुरा हो।

पार्टीभित्र नेतृत्वको पुस्तान्तरणको विषय जोडतोडले उठे पनि यो महाधिवेशनले नेतृत्वको पुस्तान्तरण गर्ने सम्भावना देखिँदैन। आगामी महाधिवेशनबाट भने पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने लगभग पक्का जस्तै छ। सभापतिलाई पार्टीको मूल नेतृत्व मान्दै गर्दा पुस्तान्तरण नहुने देखिए पनि पार्टीको महामन्त्रीमा सबै युवा पुस्ताले दाबी गरेका छन्।

पार्टीको सभापतिमा देउवा प्रमुख प्रत्यासी भए पनि विमलेन्द्र निधिले असहयोग गरेको खण्डमा देउवा अप्ठेरोमा पर्न सक्छन्। यसअघिको महाधिवेशनमा त्रिपक्षीय भीडन्त भए पनि यो पटक चौपक्षीय हुँदैछ। देउवा, प्रकाशमान सिंह, निधि र कोइराला परिवारभित्रका एक। देउवालाई यो महाधिवेशनमा हराउनु छ भने इतर पक्षमा एउटा मात्रै सभापतिको उम्मेद्वार हुनु जरुरी छ।

कृष्णप्रसाद सिटौलाले यसअघिको महाधिवेशनमा देउवालाई सहयोग गर्नु भएको थियो, यो पटक पनि संकेत यस्तै छ। बागमती प्रदेशमा देउवा प्यानलबाट उम्मेद्वारी दिउका इन्द्र बानियाँलाई सिटौला पक्षले सहयोग गरेर त्यसको संकेतलाई थप प्रस्ट्याएको छ। करिब चार वर्ष देउवाको विरोध गरेका सिटौला महत्वपूर्ण क्षणमा आएर देउवालाई नै सहयोग गर्ने अवस्थामा पुगेका छन्।

कांग्रेस पार्टीभित्र अहिले दुई प्रकारको लडाइँ छ। पार्टीमा पनि राम्रो पकड भएको र सार्वजनिक पहिचान पनि बनाएको व्यक्तिलाई पार्टीको नेतृत्वमा स्थापित गर्ने। देउवा यी दुवै मामिलमा प्रभावकारी देखिँदैनन्।

सिटौलाले देउवा पक्षमा उभिँदा नै आफ्नो राजनीतिक भविष्य देखेका कारण पनि यस्तो भएको होला। महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने हैसियत सिटौलाको छैन।

कांग्रेस पार्टीभित्र अहिले दुई प्रकारको लडाइँ छ। पार्टीमा पनि राम्रो पकड भएको र सार्वजनिक पहिचान पनि बनाएको व्यक्तिलाई पार्टीको नेतृत्वमा स्थापित गर्ने। देउवा यी दुवै मामिलमा प्रभावकारी देखिँदैनन्।

देउवा पार्टीको प्राविधिक सभापति र प्रधानमन्त्री भए पनि सार्वजनिक छवि भएको नेता होइनन्। कुनै पनि सार्वजनिक प्लेटफमलाई प्रयोग गरेर देउवाले पार्टीलाई अगाडि बढाएको देखिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved