रोगबाट बच्न जाडो महीनामा खानुहोस् यी ६ खानेकुरा

नेपालभ्युज

रोगबाट बच्न जाडो महीनामा खानुहोस् यी ६ खानेकुरा

एजेन्सी।जाडो मौसममा हाम्रो पाचन प्रणाली सुस्त हुन्छ। कम पानी पिउँदा शरीरमा डिहाइड्रेसन हुन थाल्छ। यस्तो अवस्थामा बिरामी पर्न सक्ने सम्भावना धेरै हुन्छ।

जसकारण स्वास्थ्यमा हामीले धेरै सावधानी अपनाउनुपर्छ। जाडोमा खाली पेटमा केही खानेकुरा खाँदा रोगहरू मात्र नभई दिनभर स्फूर्ति पनि दिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। आउनुहोस् त्यस्ता केही खानेकुराको चर्चा गरौं।

मेवा

मेवालाई हाम्रो आन्द्राका लागि राम्रो मानिन्छ। यसले पेटको धेरै समस्या हटाउँछ। खाली पेट खाँदा मेवा लाभदायक हुन्छ। यो हरेक सिजनमा खान सकिन्छ।

मनतातो पानीसँग मह

चिसो मौसममा मनतातो पानी र महले दिनको शुरु गर्दा दिनभरी नै शरीरमा ताजगी रहन्छ। महमा खनिज, भिटामिन, फ्लेभोनोइड्स र इन्जाइम प्रशस्त मात्रामा हुन्छ।।

ओटमिल

ओटमिल खाजाका लागि राम्रो खानेकुरा हो। कम क्यालोरी र पोषक तत्वका लागि यो महत्वपूर्ण छ। यसरले शरीरबाट विषाक्त पदार्थ पनि बाहिर निकाल्छ।

भिजेको बदाम

बदाममा म्याङ्गनीज, भिटामिन ई-प्रोटिन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। बदाम सधैं राती भिजाएर बिहान खानुपर्छ।

भिजेको ओखर 

बदाम जस्तै भिजेको ओखर खानु बढी फाइदाजनक हुन्छ। राति भिजाएर बिहानै ओखर खाएर दिनको शुरुआत गर्न लाभदायक हुन्छ। भिजेको ओखरमा पोषक तत्वहरू बढी हुन्छ।

ड्राई फ्रुट्स

बिहानको खाजा अघि एक मुठ्ठी ड्राई फ्रुट्स खाँदा पेट ठीक रहन्छ। यसले पाचन प्रक्रिया मात्र सुधार्दैन, पेटको पीएच स्तर सामान्य बनाउन मद्दत गर्छ। दैनिक आहारमा किसमिस, बदाम, पास्ता समावेश गर्न सकिन्छ। तर याद राख्नुहोस्, यस्तो खानेकुरा धेरै नखानुहोस् नत्र शरीरमा दागहरू आउन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved