कोरोना प्रभावः अब यी नौ देशबाट नेपाल आउन नपाइने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नौ देशका यात्रुमाथि रोक लगाएको हो।

नेपालभ्युज

कोरोना प्रभावः अब यी नौ देशबाट नेपाल आउन नपाइने

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालले विभिन्न देशबाट आउने यात्रुमाथि रोक लगाएको छ।

ओमिक्रोन भाइरस संक्रमण पुष्टि भएका देशहरुबाट नेपाल आउन प्रतिबन्ध लगाइएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नौ देशका यात्रुमाथि रोक लगाएको हो।

गएरातिदेखि लागू हुने गरी सरकारले हङकङ, दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, लोसेथो, इसवाटिनी, बोत्स्वाना, मोजाम्बिक र मालावीबाट आउने यात्रुमाथि रोक लगाएको हो।

अब नेपालबाट विदेश जाने कर्मचारीले पनि पूर्वस्वीकृति लिनुपर्ने भएको छ। प्रतिबन्धित मुलुक भ्रमण गरेको तीन साता नपुगेका अन्य देशका नागरिकले पनि नेपाल प्रवेश पाउने छैनन्।

मन्त्रिपरिषद् बैठकले सरकारले जोखिमयुक्त भनेका मुलुकमा अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेको छ । बैठकले संक्रमण नियन्त्रणको लागि दैनिक २ लाख मानिसलाई कोभिड–१९ विरुद्धको खोप लगाउन समेत निर्देशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved