महाधिवेशनसहित तीनै तहको निर्वाचनमा केन्द्रीत हुन देउवाको निर्देशन

नेपालभ्युज

महाधिवेशनसहित तीनै तहको निर्वाचनमा केन्द्रीत हुन देउवाको निर्देशन
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनसहित तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

बिहीवार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले केही महीनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन्।

उनले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हार र जित स्वभाविक र लोकतान्त्रिक अभ्यास भएकाले जनताको विश्वास जित्ने गरी तीन तहको चुनावमा केन्द्रीत हुन आग्रह गरे।  ‘आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न उनले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved