शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय निर्माणकर्मीको जोखिम बीमा

नेपालभ्युज

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय निर्माणकर्मीको जोखिम बीमा

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीको जोखिम बीमा गरेको छ। विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा ५ सय बढी निर्माणकर्मीसँग परामर्श तथा  जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।

उक्त अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीको लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा कार्यरत ५ सय बढी निर्माणकर्मी सहभागी थिए।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीको जोखिम बीमा गरेको छ।

पहिलो चरण अन्तर्गत कम्पनीले भदौ र असोजमा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी लगायतका १६ स्थानमा कार्यरत १ हजार बढी निर्माणकर्मीको जोखिम बीमा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved