कांग्रेस महाधिवेशन

कांग्रेसको गण्डकी प्रदेश सभापतिमा चारजनाको उम्मेद्वारी

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही १५ मंसिरमा हुने भनिएको मनोनयन दर्ता १७ मंसिरका लागि सारिएको छ। कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्ने छन्।

नेपालभ्युज

कांग्रेसको गण्डकी प्रदेश सभापतिमा चारजनाको उम्मेद्वारी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ। प्रदेश सभापतिमा अहिलेसम्म संस्थापन (देउवा) समूहबाट एकजना र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन्। अर्जुन जोशी देउवा पक्षधर हुन् भने बाँकी सबै नेता पौडेल पक्षधर हुन्।

कुन उम्मेदवार कस्ता ?
शुक्रराज शर्माले कास्की कांग्रेसमा १७ वर्षसम्म सभापतिका रुपमा नेतृत्व गरिसकेका छन्। २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी अहिले ७५ वर्षको भइसके। आफूले कांग्रेसको नेतृत्व पाएमा पार्टीलाई अझै शशक्त बनाउने उनले बताए।
त्यस्तै, कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसेले विद्यार्थी कालदेखि नै राजनीति थालेका थिए। उनी बौद्धिक नेताका रुपमा परिचित छन्। तर, सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी लिएका छैनन्। गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेदवारी दिएपनि उनी पराजित भएका थिए।

त्यस्तै, रघुनाथ पौडेलले तनहुँ जिल्ला सभापतिका रुपमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले नेतृत्वमा सही मानिस आउन नसक्दा पार्टी खुम्चदैं गएकाले आफुले उम्मेद्वारी घोषणा गरेको बताए।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेद्वारी दिएका छन्। उनीसँग कांग्रेसको केन्द्रीय सदस्यका रुपमा काम गरेको अनुभव छ। त्यस्तै, उनले तीनपटक पर्वतको पार्टी सभापतिका रुपमा नेतृत्व लिइसकेका छन्। गण्डकी प्रदेश संगठन बलियो बनाउने तथा कांग्रेसको पहिचन राख्ने लक्ष्यका साथ उम्मेद्वारी घोषणा गरेको उनले बताए।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही १५ मंसिरमा हुने भनिएको मनोनयन दर्ता १७ मंसिरका लागि सारिएको छ। कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved