महाधिवेशन प्रतिनिधिलाई एमालेको ह्विप : बन्दसत्र छाडेर कतै नजानुहोला

नेपालभ्युज

महाधिवेशन प्रतिनिधिलाई एमालेको ह्विप : बन्दसत्र छाडेर कतै नजानुहोला

चितवन। नेकपा एमालेले निर्वाचन प्रतिनिधिलाई ह्विप जारी गरेको छ। निर्वाचन हुने भएपछि एमालेले बन्दसत्र छाडेर कतै नजान ह्विप जारी गरेको हो।

कार्यालय सचिव शेरबहादुर तामाङले जारी गेको  ह्विपमा निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिलाई कतै नजान भनिएको छ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा घनश्याम भूसालसहित प्रस्तावित उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले मनोनयन दर्ता गराएका छन्।

पदाधिकारीमै नपरेपछि भीम आचार्यले सचिवका लागि उम्मेदवारी दिएकोमा चीनका लागि नेपाली राजदूत समेत भइसकेका विद्यार्थी नेता टंक कार्कीले पनि सचिवमा उम्मेदवारी दिएका छन्। आचार्यलाई आइतबार कोभिड उपचारका लागि चितवन मेडिकल लगिएको थियो। तर  सोमबार बिहानै आफै बन्दसत्रस्थलमा आएर उनले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved