फ्रेन्च लिगमा मेस्सीको पहिलो गोल, जिताए पीएसजीलाई

नेपालभ्युज

फ्रेन्च लिगमा मेस्सीको पहिलो गोल, जिताए पीएसजीलाई

काठमाडौं। अर्जेन्टाइन स्टार लियोनल मेस्सीले फ्रेन्च लिगमा पहिलो गोल गर्दा पीएसजीले लिगमा स्पष्ट १३ अंकको अग्रता कायम गरेको छ। १० जनामा समेटिए पनि घरेलु मैदानमा नान्तेसलाई पीएसजीले ३–१ गोल अन्तरले पराजित गर्‍यो।

निर्धारित ९० मिनेटको खेल सकिन मात्र तीन मिनेट बाँकी छँदा मेस्सीको लामो प्रहार गोलमा परिणत भएको थियो। पहिलो हाफको दोस्रो मिनेटमै एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

तर ६५ औ मिनेटमा गोलकिप्पर केलर नाभास रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० जनामा समटिएको थियो। तर एक खेलाडी कम भए पनि पीएसजीले दुई गोल गर्दै खेल जित्यो।

लिगको १४ खेलमा १२ औं जितपछि ३७ अंक बनाएर पीएसजीले लिगमा दोस्रो स्थानमा रहेको रेनेससँग १३ अंकको अग्रता बनाएको छ।
यसै सिजन बार्सिलोनाबाट नयाँ क्लब पीएसजी गएका मेस्सीले यूरोपियन च्याम्पियनस् लिगमा गोल गरिसके पनि फ्रेन्च लिगमा भने यसअघि गोल गर्न सकेका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved