१२ माघमा राष्ट्रियसभाको चुनाव

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ माघमा चुनाव गर्ने निर्णय गरेको हो। यही २० फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ।

नेपालभ्युज

१२ माघमा राष्ट्रियसभाको चुनाव

काठमाडौं। राष्ट्रियसभाको चुनाव १२ माघमा हुने भएको छ। सरकारले १२ माघमा राष्ट्रिसभाको रिक्त रहेको १९ पदका लागि चुनाव गर्ने भएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ माघमा चुनाव गर्ने निर्णय गरेको हो। यही २० फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ।

पदावधि सकिन लागेका मध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यवस्था छ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved