स्वास्थ्यमन्त्री खतिवडा र अमेरिकी सहायकमन्त्री लूले गरे खोप केन्द्रको निरीक्षण

स्वास्थ्यमन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका हुन्।

नेपालभ्युज

स्वास्थ्यमन्त्री खतिवडा र अमेरिकी सहायकमन्त्री लूले गरे खोप केन्द्रको निरीक्षण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन्।

बिहीबार स्वास्थ्यमन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका हुन्।

खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। उनले फाइजरको खोप ल्याउन भूक्तानीका लागि सरकारबाट निर्णय भइसकेको पनि बताए।

मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताए। उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताए। मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाए।

अमेरिकी सहायक विदेशमन्त्री लूले नेपालीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताए। उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाविरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै बास्तविक हिरो भएको बताए।

सहायकमन्त्री लूले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभयो। मन्त्री लूले नेपाललाई आगामि दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाए।

अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत ८ कात्तिकमा आएको थियो। सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत २८ कात्तिकदेखि लगाउन शुरु गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved