पहिलो ई-पासपोर्ट शताब्दी पुरुषलाई

नेपालभ्युज

पहिलो ई-पासपोर्ट शताब्दी पुरुषलाई

काठमाडौँ । नेपालले विद्युतिय पासपोर्ट जारी गरेको छ। आज राहदानी विभागमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले विद्युतिय पासपोर्ट हस्तान्तरण गरेसँग विद्युतीय पासपोर्ट प्रयोगको औपचारिक शुरुआत गरेका हुन्।

परराष्ट्रमन्त्री खड्काले जोशीलाई विद्युतीय पासपोर्ट हस्तान्तरण गरे पनि २ मंसीरबाट सीमित व्यक्तिलाई वितरण गर्ने बताइएको छ। भने, १५ मंसीरबाट सर्वसाधारणलाई पनि वितरण गर्ने विभागले जनाएको छ।

राहदानी विभागमा आज आयोजित कार्यक्रममा विद्युतीय पासपोर्ट प्राप्त गरेपछि शताब्दी पुरुष जोशीले खुशी व्यक्त गरे। उनले सरकारलाई सफलताको कामनासमेत गरेका छन्।

यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री खड्काले हस्तलिखित पासपोर्टबाट विद्युतीय पासपोर्टसम्म यात्राको स्मरण गर्दै अब विदेश यात्रा गर्न सहज हुने बताए। परराष्ट्रमन्त्री खड्काले शताब्दी पुरुषलाई पहिलो विद्युतीय पासपोर्ट दिन पाउँदा आफूलाई निकै खुशी लागेका समेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved