आजदेखि नेपालले जारी गर्दैछ विद्युतीय पासपोर्ट

राहदानी विभागले पासपोर्टको एउटा प्रकार थप्ने तयारीसमेत गरेको छ। हाल नेपालमा प्रचलनमा रहेका कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स र साधारण पासपोर्टसँगै सर्भिस पासपोर्ट थप्ने तयारीमा विभाग रहेको छ।

नेपालभ्युज

आजदेखि नेपालले जारी गर्दैछ विद्युतीय पासपोर्ट

काठमाडौं। सरकारले आजदेखि विद्युतीय पासपोर्ट जारी गर्दैछ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले विद्युतीय पासपोर्ट जारी गर्नेछन्।

पहिलो विद्युतीय पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिने निर्णय विभागले गरेको छ।

हाल नेपालमा मेसिन रिडेबल पासपोर्ट प्रचलनमा रहे पनि सरकारले विद्युतीय पासपोर्ट जारी गर्ने तयारी गरेको हो। बिहीबारदेखि सीमित संख्यामा विद्युतीय पासपोर्ट सर्वसाधारणले प्राप्त गर्नसक्नेछन् भने १५ मंसिरदेखि पूर्ण रुपमा विद्युतीय पासपोर्ट प्रयोगमा आउनेछ।

विद्युतीय पासपोर्ट जारी भए पनि एमआरपी पासपोर्ट पनि चालु अवस्थामा नै रहनेछ। एमआरपी पासपोर्ट नसकिएकाले तत्काल विद्युतीय पासपोर्टका लागि हतार गर्नु नपर्ने राहदानी विभागले जनाएको छ।

यसअघि एमआरपी पासपोर्ट बनाउन स्थानीय निकायको सिफारिस आवश्यक परे पनि विद्युतीय पासपोर्टका लागि भने सिफारिस आवश्यक नपर्ने विभागले जनाएको छ। स्थानीय निकायको सिफारिस आवश्यक नपरे पनि विद्युतीय पासपोर्टका लागि राष्टिय परिचयपत्र भने अनिर्वाय भएको राहादानी विभागले जनाएको छ।

विद्युतीय पासपोर्टलाई अन्य पासपोर्टको तुलनामा विश्वसनीय भएको बताइन्छ। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुँदा व्यक्तिगत विवरण सबै पासपोर्टमा नै हुन्छ। पासपोर्ट पोलिकार्बनेट सहितको हुँदा चिप लक गरिसकेपछि त्यसलाई कसैले फेरबदल गर्न सक्दैनन्। जसले गर्दा यो दुरुप्रयोग हुने सम्भावना कम हुने विश्वास गरिन्छ।

राहदानी विभागले पासपोर्टको एउटा प्रकार थप्ने तयारीसमेत गरेको छ। हाल नेपालमा प्रचलनमा रहेका कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स र साधारण पासपोर्टसँगै सर्भिस पासपोर्ट थप्ने तयारीमा विभाग रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved