प्रचण्डको स्वागतमा सार्वजनिक बिदा

एक जना नेता विशेषको कार्यक्रम हुँदा पनि बिदा दिने अशोभनीय अभ्यास महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले गरेको छ।

नेपालभ्युज

प्रचण्डको स्वागतमा सार्वजनिक बिदा

जनकपुरधाम। कुनै स्थानीय पर्व वा विशेष अवसरमा स्थानीय निकायहरूले बिदा दिने प्रचलन बढेको छ। तर, एक जना नेता विशेषको कार्यक्रम हुँदा पनि बिदा दिने अशोभनीय अभ्यास महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले गरेको छ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटनको लागि महोत्तरी जाने कार्यक्रम छ। उक्त नगरपालिकाका वडा न २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्ने कार्यक्रमका अवसर पारेर नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो। स्थानीय सरकारले पाएको अधिकारको मनपरी प्रयोग र दुरुपयोग बढ्दै जाँदा स्थानीय नेतृत्वको कार्यक्षमता र नियतमा प्रश्न चिन्ह लाग्न थालेको छ। पार्टी पक्षधरताका आधारमा स्थानीय सरकारका जनप्रतिनिधिले आफ्ना नेतालाई रिझाउन गर्ने यस प्रकारको अभ्यासको आलोचना हुने गरेका छ।

नगरपालिकाले सार्वजनिक बिदा दिँदै उद्घाटन समारोहमा सहभागी भएर शोभा बढाइदिन अनुरोध समेत गरेको छ। कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको नगरप्रमुख अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved