भक्तपुरमा हाइब्रिड धानले डुबायो, १३ सय रोपनीमा दाना लागेन

नेपालभ्युज

भक्तपुरमा हाइब्रिड धानले डुबायो, १३ सय रोपनीमा दाना लागेन

काठमाडौं। भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्।

करिब १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसान बढी मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादीसम्बन्धी कृषक अन्तर्क्रियामा जानकारी दिइएको थियो।

चाँगुनारायण र सूर्यविनायकका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको धानको बीउ रोपेको खेतमा एउटामा पनि दाना लागेको छैन।

भक्तपुरका किसानले चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए। तर, यसपटक भने यही जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरू छन्।

भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ।

कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved