अनलाइनबाट ठगेको आरोपमा १९ लाखसहित एक जना पक्राउ

नेपालभ्युज

अनलाइनबाट ठगेको आरोपमा १९ लाखसहित एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ। अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित सोमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैङ्क खातामा रकम जम्मा गर्न लगाएका थिए।

ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीन भवनबाट खटिएको प्रहरी टोलीले विकासलाई
काठमाडौँको गैरीधाराबाट रकमसहित पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved