‘वार्ता हैन प्रधानन्यायाधीश राजीनामा दे…’

नेपालभ्युज

‘वार्ता हैन प्रधानन्यायाधीश राजीनामा दे…’
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतको परिसरमा प्रधान्यायाधीशविरुद्ध नारा लगाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्तामा आउनका लागि बारलाई आह्वान गरेपछि श्रेष्ठले अदालत परिसरमै जबराविरुद्ध नारा लगाएका हुन्।

अध्यक्ष श्रेष्ठले, ‘वार्ता हैन प्रधानन्यायाधीश राजीनामा दे…’, ‘न्यायापालिकाको माया छ भने राजीनामा दे’ जस्ता नारा लगाएका थिए।

बारका कानून व्यवसायीहरू केही दिनयता निरन्तर प्रधानन्यायाधीश जबराको विरुद्धमा धर्ना दिइरहेका छन्। उनीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरिररहेका छन् भने अघोषित रुपमा सर्वोच्चका न्यायाधीशहरूले पनि जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका छन्।

जबराले वार्तामा आउनका लागि सोमबार विज्ञप्ति निकाल्दै बारलाई आह्वान आह्वान गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved