अदालतबाट हतियारसहितका प्रहरी तुरुन्त हटाउन बारको माग

नेपालभ्युज

अदालतबाट हतियारसहितका प्रहरी तुरुन्त हटाउन बारको माग

काठमाडौं। अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल हटाउन नेपाल बार एशोसिएशनले माग गरेको छ।

बारले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अदालत र बारबीचको ढोका पनि तत्काल खुला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वोच्च अदालत प्रशासनसँग माग गरेको छ।

न्यायापालिकामा विकृति र विसंगति रोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाधक देखिएको पनि विज्ञप्तिमा जनाइएको छ। ‍आज (शुक्रबार) बिहान साढे ९ बजेदेखि अदालत प्रांगणमा भएको शान्तिपूर्ण विरोध कार्यक्रमलाई भएको जबर्जस्तीप्रति बारको ध्यानाकर्षण भएको पनि जनाएको छ।

यो निन्दनीय कार्य भएकाले न्यायपालिका प्रमुख र प्रशासकीय प्रमुख समेतको ठाडो आदेश भएको पनि उसको ठहर छ। न्याय सम्पादन कार्यमा सहयोग गर्ने कानून व्यवसायीविरुद्ध हतियारसहित प्रहरी परिचालन गरिनु पनि खेदजनक भएको भन्दै बारले आपत्ति जनाएको छ।

प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनको यो रवैया कुनै अर्थमा पनि उचित मान्न नसकिने बारको ठम्याइ छ। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved