तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छ – प्रचण्ड

नेपालभ्युज

तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छ – प्रचण्ड
फाइल तस्वीर

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियाबारे राजनीतिक तह र निर्वाचन आयोगसँग छलफल भइरहेको बताए।

उनले भने ‘‘सक्यो भने राज्यलाई आर्थिक भार र जनतालाई कम दुख हुने भनेको तीन ओटै तहको निर्वाचन एकै पटक गर्ने हो। निर्वाचन चरण चरणमा गर्न सकिन्छ, तर मतगणना एकै पटक गर्दा चलखेल र षडयन्त्र हुन पाउँदैन।’’

उनले पहिले संघको निर्वाचनपछि स्थानीय र प्रदेशको निर्वाचन गर्ने कि भन्ने दृष्टिकोणले पनि राजनीतिक छलफल भइरहेको बताए। यध्येपी यो विषयमा दलहरूबीच ठोस रूपमा छलफल भईनसकेको बताए। यस्तै निर्वाचनलाई लक्षित गर्दै दलहरुबीच मोर्चाबन्दी पनि चलिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved