मुख्यमन्त्री आचार्यले दिए राजीनामा

आचार्यले राजीनामा दिएसँगै अब प्रदेश १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। गठबन्धनले आइतबार राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ।

नेपालभ्युज

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै १० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले सोमबार राजीनामा दिएका हुन्।

आचार्यले आफू संविधानकाे धारा १६८ अनुसार आएकाे र अब त्याे अवस‍्था नरहेकाे कारण राजीनामा दिएकाे बताए।

प्रदेशसभाको आजको बैठकबाट आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर, विश्वासको मत पाउनसक्ने नदेखिएपछि उनले मुख्यमन्त्री पदबार राजीनामा दिएका हुन्।

प्रदेशसभामा ९२ सदस्य रहेकोमा आचार्यले विश्वासको मत पाउनका लागि ४७ सदस्यको समर्थन आवश्यक पर्दथ्यो। तर अल्पमतमा परेका आचार्यसँग हाल ४१ मत मात्रै रहेकाले प्रदेशसभा बैठकअगावै उनले राजीनामा दिएका हुन्।

आचार्यले राजीनामा दिएसँगै अब प्रदेश १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। गठबन्धनले आइतबार राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ।

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर, २४ असोजमै सभामुख भण्डारीले ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेपछि रोकिएको थियो।

त्यसपछि ५ कात्तिकमा विश्वासको मतका लागि प्रस्ताव गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले उक्त बैठकबाट मुख्यमन्त्रीको प्रस्तावमाथि कात्तिक ५ गतेको बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गरेका थिए।

तर उक्त दिन आफ्ना सांसद्ले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गरेको थियो। सोही दिन सत्तारुढ एमालेले पनि बैठक स्थगितको माग गरेपछि बैठक स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved