इजलासमा फर्किए न्यायाधीश, बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्दै

नेपालभ्युज

इजलासमा फर्किए न्यायाधीश, बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्दै

काठमाडौं। प्रधानन्यायाधीशको राजीनामा मागरिरहेका न्यायाधीशहरू इजलाशमा‍ फर्किएका छन्। एक हप्तादेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरूले आजैबाट इजलासमा फर्किने भएका हुन्।

सर्वोच्च अदालतका १७ जना न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा जुटेका थिए। उक्त छलफलपछि न्यायाधीहरू इजलाशमा बस्न राजी भएका हुन्। १४ कात्तिकमा प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले राखेको ‘सम्मानजनक बहिर्गमनको’ प्रस्तावबारे न्यायाधीशहरूबीच छलफल चलिरहेको थियो।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका थिए। ६ वटै इजलासमा एकएक वटा बन्दीप्रत्यक्षीकरणको मुद्दा राखिएको छ। ६ मध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको दुई ओटा एकल इजलास छ भने चार वटा संयुक्त इजलास तोकिएको छ।

न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्द मोहन भट्टराई , टंकप्रसाद मोक्तान, अनिलकुमार सिन्हा, कुमार चुडाल,सपना प्रधान मल्ल र मनोजकुमार शर्माको चार वटा संयुक्त इजलास तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved