टीभीएस रेडरको बुकिंग खुला

नेपालभ्युज

टीभीएस रेडरको बुकिंग खुला

काठमाडौं। टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आजदेखि टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले नेपाली युवा लक्षित १ सय २५ सीसीको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरी आजैदेखि बुकिंग खुला गरेको हो।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डरसिट स्टोरेज सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मोटरसाइकल सार्वजनिक समारोहमा बोल्दै टीभीएसका अन्तर्राष्ट्रिय बिजनेस अध्यक्ष आर डिलिप भने,  ‘‘हाम्रा जी उपभोक्ताका लागि हामीले निरन्तर रुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादन उपलब्ध गराउँदै आएका छन्। हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १ सय २५सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौँ।’’

नेपाल टीभीएसको विशेष बजार बताउँदै युवा उपभोक्ताका लागि नयाँ उत्पादन प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए। नयाँ टीभीएस रेडरलाई युवाहरूले मन पराउनेमा आफूहरू विश्वस्त रहेको बताए।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ। यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ। यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्ने दाबी कम्पनीको छ।

यो मोटरसाइकल स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार कलरमा सार्वजनिक गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved