राजदूत नियुक्ति प्रकिया बढाउन संसदीय समितको बैठक मंगलबार बस्दै

नेपालभ्युज

काठमाडौं । प्रस्तावित राजदूतहरूको नियुक्ति विषयमाथि सुनुवाइ बढाउन संसदीय समितको बैठक बस्ने भएको छ। बैठक मंगलबार (१६ कात्तिक) का लागि बोलाइएको छ।

सरकारले केही दिनअघि बेलायत, अमेरिका र भारतका लागि राजदूत प्रस्ताव गरेको थियो। राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानूनबमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ। सुनुवाइ समितिले राजदूतको नियुक्ति प्रक्रिया बढाई उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने गर्छ।

विरोध र उजुरी प्राप्त भए  बैठकमा प्रस्तावित राजदूतलाई बोलाएर सुनुवाइ गरिने गरिन्छ। मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved