ओलीले न्यायालयमा हस्तक्षेप गरे : माधव नेपाल

‘महाअभियोगबारे गठबन्धनमा छलफल भएको छैन’

स्वतन्त्र न्यायालयमाथि हस्तक्षेपको प्रयास स्वीकार्य नभएको नेपालले बताए। अध्यक्ष नेपालले भने, ‘‘अदालतलले संसद् विघटनका दुवै घटनामा ऐतिहासिक निर्णय गर्यो। ओली अहिले त्यसैको रिस पोख्दैछन्।”

नेपालभ्युज

ओलीले न्यायालयमा हस्तक्षेप गरे : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सत्तागठबन्धन काँचो धागोलेको बेरेको जस्तो कमजोर नभएर बलियो भएको बताएका छन्।

विराटनगर एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान गठबन्धन बलियो भएको तर्क पेश गरे। उनले प्रदेश सरकारदेखि केन्द्रसम्म गठबन्धनमा एकै धारणा रहेको पनि बताए।

अध्यक्ष नेपालले प्रधानन्यायाधीशको सम्बन्धनमा गठबन्धनमा समान धारणा बनिनसकेको भन्दै उक्त मुद्दालाई प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिकरण गरेको आरोप लगाए।

ओलीले स्वतन्त्र न्यायपालिकाविरुद्ध आक्रमण गर्ने मनशायले न्यायाधीशहरुको राजीनामा मागेर न्यायालयमा हस्तक्षेप गरेको नेपालको आरोप छ। परमादेश दिने पाँचै जना न्यायाधीशको राजीनामा मागेर ओलीले हस्तक्षेप गरेको उनको भनाइ छ।

स्वतन्त्र न्यायालयमाथि हस्तक्षेपको प्रयास स्वीकार्य नभएको नेपालले बताए। अध्यक्ष नेपालले भने, ‘‘अदालतलले संसद् विघटनका दुवै घटनामा ऐतिहासिक निर्णय गर्यो। ओली अहिले त्यसैको रिस पोख्दैछन्।”

‘‘ओली त आफू बस्न नपाए कुर्सी नै भाँच्ने मान्छे हुन्, अपमान गर्ने मान्छे हुन्”, नेपालले भने, ‘‘उनी आफ्ना हनुमानहरुबाहेक सबैको विरुद्धमा हुन्छन्, विपक्षमा उभिन्छन्।”

यस्तै, अध्यक्ष नेपालले महाअभियोगको विषयमा गठबन्धनमा कुनै छलफल नभएको पनि बताए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोगको विषयमा छलफल नभएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved