कानुनविपरीत बढाइएको विदेशी औषधिको मूल्यबारे छानबिन गर्छौं- मन्त्री खतिवडा

नेपालभ्युज

कानुनविपरीत बढाइएको विदेशी औषधिको मूल्यबारे छानबिन गर्छौं- मन्त्री खतिवडा
फाइल तस्वीर

काठमाडौं। कानूनविपरीत बढाएको विदेशी औषधिको मूल्यबारे सरकारले छानबिन गर्ने भएको छ।

बिहीबार पत्रकारसँग भेटघाटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यसको छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिव डा रोशन पोखरेललाई जिम्मेवारी दिइएको बताए।

औषधि ऐनमा उल्लेख भएअनुसार विभागले मूल्यवृद्धि गर्न पाउँदैन। तर औषधि व्यवस्था विभागले पछिल्ला वर्षमा मात्रै विभिन्न सात कम्पनीका ५२ वटा औषधिको मूल्य ३२ प्रतिशतसम्म बढाएको छ। मन्त्री खतिवडाले भने, “छिट्टै औषिधका मूल्य निर्धारण कसरी गर्ने भन्ने विषय पनि टुंग्याइनेछ।”

कच्चा पर्दाथको मूल्य बढिरहेका बेला हालको मूल्यमा सिटामोल दिन नसकिने भन्दै स्वदेशी उत्पादकहरूले नेपाली बजारमा सिटामोल बेच्नै छोडिसकेको अवस्था छ। यस विषयमा मन्त्री खतिवडाले भने औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थमा भएको मूल्यवृद्धि कम गर्ने प्रयास गरिरहेको बताए। औषधि उत्पादकहरूले कच्चापदार्थको मूल्यमा वृद्धि भएको भन्दै पूरानै मूल्यमा औषधि बेच्न नसिकने बताउँदै आएका छन्।

त्यस्तै मन्त्री खतिवडाले नेपालमा एक रुपैयाँमा बिक्री हुने नेपाली सिटामोल भारतमा नेपाली तीन रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको बताए। बढी मूल्य पाएपछि नेपाली उत्पादकहरूले नेपाली बजारलाई ठप्प पारी सिटामोल भारत लगिरहेका बताएका थिए।

पुरानै मूल्यमा औषधि बेच्न नसिकने उत्पादकहरूको भनाइलाई मन्त्री खतिवडाले स्वाभाविक माने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved