बोक्सीको आरोपमा मलमूत्र खुवाइ निर्घात कुटपिट

नेपालभ्युज

बोक्सीको आरोपमा मलमूत्र खुवाइ निर्घात कुटपिट
सांकेतिक तस्वीर

महोत्तरी। महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि मलमूत्र खुवाइ निर्घात कुटपिट भएको छ।

जलेश्वर नगरपालिकाकी ४२ वर्षीय सुकुमुमारी देवीलाई छिमेकी सिकन्दर महतोको परिवारले चारपाता मुडेर, मलमुत्र खुवाइ निर्घात कुटपिट गरेको हो।

१३ वर्षीया नातिनी रोएपछि सुकुमारीलाई रगेश्वरको परिवारले मिलेर हिँसा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए।

बिहीबार सुकुमारीले प्रहरीमा उजुरी दिएपछि सिकन्दर, पत्नी पुरनीदेवी,  आमा प्रमिला र भाइ अनिललाई नियन्त्रणमा लिइएको एसपी आचार्यले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved