महानवमीमा एक दिनका लागि खोलियो तलेजु भवानी मन्दिर

नेपालभ्युज

महानवमीमा एक दिनका लागि खोलियो तलेजु भवानी मन्दिर

काठमाडौं। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीबार महानवमीको अवसरमा एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिएको छ।

तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

तलेजु मन्दिरमा अरु ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुने गरेकोमा एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ। हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् भने काठमाडौँमा कर्माचार्य र जोशी मात्र छन्।

छानेशैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्छन्। नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लामदेखि अन्य व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौँ उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved