मुगु बस दुर्घटना : २८ जनाको सनाखत

नेपालभ्युज

मुगु बस दुर्घटना : २८ जनाको सनाखत
सांकेतिक तस्वीर

मुगु। मंगलबार मुगुको छायाँनगर रारानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये २८ जनाको सनाखत भएको छ। बसमा अधिकांश विद्यार्थीहरू रहेको खुलेको छ।

मृत्यु हुनेमा १८ पुरुष, आठ महिला र दुई नबालक रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए।

उनका अनुसार  घटनास्थलमै छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका-८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका-१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको थियो।

सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्रशाही, सोरु गााउँपालिका-३ का मनरुप कुमाई रहेका छन् र बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकारको पनि घटनास्थलमै मृत्यु भएको थियो।

उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका-७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका-८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका-८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका-५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका-१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। नर्सिङ होम नेपालगञ्जमा छाँयानाथ रारा नगरपालिका-१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका-३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ।

मृत्यु भएका बाँकी चारको भने सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।

नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो २ बजे दुर्घटना भएको थियो। बसमा ४३ जना यात्रु सवार रहेकोमा ११ जनाको नेपालगञ्ज, कोहलपुर र सुर्खेतमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved