कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा – स्वास्थ्य मन्त्रालय

नेपालभ्युज

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा – स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखालाको प्रकोप हाल नियन्त्रणमा आएको जानकारी दिएको छ।

असोज १८ गतेदेखि यी क्षेत्रमा फैलिएको भाडापखाला नियन्त्रणका लागि मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका विभिन्न संघ संस्था लागिरहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडलले बताए।

आइतबारसम्म जम्मा ६८८ जनामा लक्षण देखिएकोमा ६३१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। ४० जना तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको मन्त्रालका प्रवक्ता पौडेलले बताए।

उनका अनुसार १७ जना कृष्णनगर नगरपालिका स्थित शिवराज अस्पतालमा उपचाररत छन्। ‘‘झाडापखाला कसरी समूदायमा फैलियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,” उनले भने, ‘‘प्रारम्भिक रुपमा गरिएको अध्ययन अनुसार पानीको स्रोतमा समस्या देखिएको जसमा दिसामा देखिने जिवाणु भेटिएको छ।”

यस विषयमा उनले विस्तृत अध्ययन गर्न भने अझैं रहेको उनको भनाइ छ।

मन्त्रालयले खाना बनाउन र खान अगाडि साबुन पानीले मिचिमिची हात धुन, खानेकुरा राम्ररी पकाएर मात्र खान तथा बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन र खुला रुपमा दिसा पिसाब नगर्न मन्त्रालयले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved