२४ घण्टामा ६ सय ३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

नेपालभ्युज

२४ घण्टामा ६ सय ३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३६ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार १६८ पीसीआर परीक्षणमा ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ।

२४ घण्टामा थप ८९९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप २२७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या काठमाडौंमा एक सय ४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा ३५१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१२२, भक्तपुरमा ६५३ र ललितपुरमा ७४४ सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved