वर्षाले खेल रद्द भएपछि काठमाडौं प्लेअफमा, ललितपुर बाहिरियो

नेपालभ्युज

वर्षाले खेल रद्द भएपछि काठमाडौं प्लेअफमा, ललितपुर बाहिरियो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा वर्षाका कारण खेल स्थगित भएपछि काठमाडौं किंग्स इलेभन प्लेअफमा प्रवेश गरेको छ। सोमबारको भारी वर्षाका कारण मैदान नसुकेपछि मंगलबारको काठमाडौं र भैरहवाबीचको लिगको अन्तिम खेल हुन सकेन।

यसपछि दुवै टिमले एक-एक अंक बाँड्दा पाँच खेलबाट तीन अंक भएको काठमाडौंले प्लेअफमा ठाउँ पक्का गरेको हो। समाना अंक भएको ललितपुर भने रन रेटका आधारमा लिग चरणबाट बाहिरियो।

ईपीएलको लिग चरणको खेल सकिँदासम्म पाँच खेलबाट आठ अंक रहेको चितवन पहिलो स्थानमा छ। त्यसैगरी पोखरा र भैरहवाको समान सात-सात अंक छ। भैरहवाभन्दा एक खेल बढी जितेको आधारमा पोखरा लिगको दोस्रो स्थानमा रह्यो।

अब फाइनल प्रवेशका लागि पोखरा र चितवनबीच क्वलिफायरमा भिडन्त हुनेछ। यी दुईबीचको विजेताले फाइनलमा ठाउँ बनाउनेछ भने हार्ने टिमले अर्को एक मौका पाउनेछ।

दोस्रो र तेस्रो स्थानमा रहेका भैरहवा र काठमाडौंले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले फाइनल प्रवेशका लागि क्वालिफायरमा हार्ने टिमसँग फेरि खेल्नेछ।

क्वालिफायर र इलिमिनेटरका दुवै खेल बुधबार हुँदैछन् भने फाइनल शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved