फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या

जुकरबर्गले ७ घण्टामा गुमाए ७ बिलियन अमेरिकी डलर

‘‘हामी हाम्रो मञ्च प्रयोग गर्ने व्यक्तिहरुको सुरक्षाको गम्भिर रुपमा ध्यान राख्छौँ’’, फेसबुकको विश्व सुरक्षा मामिला हेर्ने एन्टिगन डेभिसले अमेरिकी सिनेटको उपसमितिमा भएको सुनुवाइ कार्यक्रममा गत हप्ता भनेका थिए।

नेपालभ्युज

जुकरबर्गले ७ घण्टामा गुमाए ७ बिलियन अमेरिकी डलर

एजेन्सी । करीब ७ घण्टा अवरुद्ध भएसँगै फेसबुक लगायतका समाजिक सञ्जाल सञ्चालनमा आएका छन्। सञ्चालनमा आए पनि ७ घण्टा फेसबुक अवरुद्ध हुँदा त्यसका मालिक मार्क जुकरबर्गले करीब ७ बिलियन अमेरिकी डलर बराबरको नोक्सानी व्यर्होनु परेको बताइएको छ।

फेसबुक, इन्स्टाग्राम जस्ता समाजिक सञ्जाल करीब ७ घण्टा अवरुद्ध भएसँगै पुनः सञ्चालनमा आएका हुन्। फेसबुकमा समस्याका कारण सञ्चालन अवरुद्ध भएसँगै विश्वभर नै सञ्जालका विरुद्धमा आवाज उठेको थियो। त्यस लगत्तै शुरुवाती चरणमा केही प्रयोगकर्ताको मात्रै फेसबुक सञ्चालनमा आएको थियो।

यद्यपी, फेसबुको स्वमित्वमा रहेको ह्वाट्सएपमा भने सोमबार मध्यरातसम्मै समस्या देखिएको देखियो।

सोमबार फेसबुकले ट्वीट गर्दै आफ्नो सेवा अवरुद्ध भएको जानकारी दिएको थियो भने सञ्चालनमा आएपछि त्यसले विश्वभरका मानिसलाई पुर्याएको असरप्रति क्षमायाचना समेत गरेको थियो।

‘‘विश्वभरका आम समुदाय र व्यापारी समुदाय जो हामीमा निर्भर हुनुहुन्छ हामी उहाँहरुसँग क्षमा माग्न चाहन्छौँ’’, फेसबुकले भनेको छ, ‘‘हामीले फेसबुकमा समस्या देखिएसँगै निराकरणका लागि प्रयास गरेका थियौँ। हामी पुनः सञ्चालनमा आएको कुरा जानकारी गराउन पाउँदा खुशी छौँ।’’

मानिसहरुको विरोधको निगरानी गर्ने डाउनडेक्टर डट कमले फेसबुक सञ्चालनमा समस्या देखिएसँगै विश्वभरबाट करीब १६ लाख उजुरी आएको बताएको छ। यस्तो उजुरी गर्नेहरुमा अमेरिका, युरोप, कोलम्बियादेखि सिंगापुरका मानिसहरु धेरै रहेका डाउनडेक्टरले जनाएको छ।

घण्टौँसम्म सेवा शुचारु नभएसँगै डाउनडेक्टरले भन्यो ‘‘अहिलेसम्मकै धेरै उजुरी प्राप्त भएको छ।’’ फेसबुकले ट्वीट गर्दै भनेको थियो, ‘‘हाम्रो एप र उत्पादन प्रयोग गर्न नपाउँदा धेरै मानिसहरु प्रभावित भएकोबारे हामी जानकार छौँ।’’

अन्तर्राष्टिय समाचार संस्था रोयटर्स र एपीले के कारणले समस्या आयो भन्ने पत्ता लगाउने प्रयास गर्दा फेसबुकले त्यसको तत्काल जवाफ दिएको थिएन।

सोमबार अपरान्ह करीब ३५ हजार मानिसको ह्वाट्सएप अवरुद्ध भएको रोयटर्सले जनाएको छ । यत्ति नै बेला ९ हजार ८०० व्यक्तिको फेसबुक म्यासेन्जर सञ्चालनमा समस्या देखिएको थियो।

फेसबुक अवरुद्ध भएपछि शुरु भएको विरोध सन् २०१९ को भन्दा ठूलो रहेको बताइएको छ। त्यससमयमा करीब १ घण्टा फेसबुक सञ्चालनमा समस्या आएको थियो भने ह्वाट्सएपले त्यसलाई ‘‘प्राविधिक समस्या’’ बताएको थियो।

करीब ६ घण्टासम्म सोमबार फेसबुक अवरुद्ध भएसँगै त्यस विषयमा धेरै मानिसले चासो व्यक्त गरेका छन्। विरोधहरुको मात्रै निगरानी गर्ने डाउनडेक्टरले फेसबुक र इन्टाग्राम सञ्चालनमा समस्या देखिएर हजारौँ पटक मानिसले त्यससम्बन्धमा उजुरी दिएको बताएको छ।

अमेरिकामा फेसबुकले समस्या व्यहोर्दै गर्दा सोमबार विश्वभर नै यसको विरोध भएको हो। अमेरिकामा फेसबुकको इन्स्टाग्रामले एक किशोरी युवतीको मानसिक स्वास्थ्यमा असर पुर्याएको भन्दै त्यसको चर्को आलोचना भएको छ।

वालस्ट्रिट जर्नलले आफ्नो पत्रिकामा फेसबुकको इन्स्टाग्रामले किशोर अवस्थाका युवतीहरुलाई आफ्नो अनुहारप्रति वितृष्णा सिर्जना गरेको आरोपमा श्रृंखला नै प्रकाशित गरेको थियो। यद्यपी, यस प्रकारको आरोपलाई फेसबुले भने अस्वीकार गरेको थिएन।

‘‘हामी हाम्रो मञ्च प्रयोग गर्ने व्यक्तिहरुको सुरक्षाको गम्भिर रुपमा ध्यान राख्छौँ’’, फेसबुकको विश्व सुरक्षा मामिला हेर्ने एन्टिगन डेभिसले अमेरिकी सिनेटको उपसमितिमा भएको सुनुवाइ कार्यक्रममा गत हप्ता भनेका थिए। ‘‘हाम्रो सञ्जालमा सुरक्षाको तह नै छ त्यसले १३ देखि १७ वर्षसम्मका बालबालिकाको सुरक्षाका लागि विशेष ध्यान दिन्छ।’’

मंगलबार फेसबुकका एक पूर्व कर्मचारी फ्रान्सिस हुगेन सिनेटको वित्तीय उपसमितिको सुनुवाइ कार्यक्रममा प्रस्तुत हुँदैछन्। फेसबुक र इन्स्टाग्रामले युवा प्रगोकर्तालाई पारेको असरका विषयमा मंगलबार सुनुवाइ हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved