“गीत संगीत भनेपछि लठ्ठै हुन्थें तर परिस्थितिले कलाकार हुन सकिनँ”

नेपालभ्युज

“गीत संगीत भनेपछि लठ्ठै हुन्थें तर परिस्थितिले कलाकार हुन सकिनँ”
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन्।

सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा प्रचण्डले सानैदेखि गीत गाउने इच्छा भए पनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन्।

“मेरो पनि गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी छ। सानोमा आफूलाई गीत संगीततिर लाने हो भन्ने ठान्थें तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थें होला जस्तो लाग्छ,” प्रचण्डले भने।

उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा राखे। राजनीतिक कार्यक्रम निरस हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताए। उनले लोकसंस्कृतिसम्बन्धी कार्यक्रममा सहभागी हुँदा रिल्याक्स महशूस गरेको उल्लेख गरे।

कार्यक्रममा विभिन्न कलाकार, पत्रकार लगायतलाई सम्मान गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved