किसानलाई मेगा बैंकको कृषि अभिमुखीकरण कार्यक्रम

नेपालभ्युज

किसानलाई मेगा बैंकको कृषि अभिमुखीकरण कार्यक्रम

रौतहट। मेगा बैंक नेपाल लिमिटेडले आधुनिक कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा गुजरा नगरपालिकाका किसानलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ।

उर्वर नेपालसँगको सम्झौतापश्चात् बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ। साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत कृषकले आवश्यक कृषि सामग्री, बीऊ, मल, किटनाशक औषधी लगायतका सामान सहुलियतदरमा तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलबाट खरिद गर्न सक्छन्।

किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ्ग साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved