‘दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ’

नेता लेखकले सतारुढ गठबन्धन भित्र मन्त्रिपरिषद् विस्तार बारेमा गम्भीरतापूर्वक संवाद भइरहेको पनि दाबी गरे।

नेपालभ्युज

‘दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ’
फाइल तस्वीर

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन्।

रिपोर्टर्स क्लबमा साक्षत्कार कार्यक्रममा बोल्दै नेता लेखकले सतारुढ गठबन्धन भित्र मन्त्रिपरिषद् विस्तार बारेमा गम्भीरतापूर्वक संवाद भइरहेको पनि दाबी गरे।

लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाइ भएको स्पष्ट पारे। तर, अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दाबी छ।

“ढिलो पक्कै पनि भएको हो, अहिले गठबन्धनको सरकार छ”, लेखकले भने, “गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ।”

राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाइ भएको लेखकको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved