राष्ट्रियसभाबाट विनियाेजन विधेयक पास

नेपालभ्युज

काठमाडौं। राष्ट्रियसभाबाट विनियाेजन विधेयक २०७८  पास भएकाे छ। बिहीबारकाे राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएकाे विधेयक फिर्ता आएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त सन्देशसहित उक्त विधेयक प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। एमालेका सांसद्का अवराेधकाबीच प्रतिनिधिसभाबाट पनि उक्त विधेयक पास भएकाे छ।

विधेयक आजै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद् सचिवालयको तयारी छ।

राष्ट्रपतिबाट उक्त विधेयक प्रमाणीकरण भएसँगै‌ गत भदाै ३० गतेदेखिकाे बजेट हाेलिडे अन्त्य हुनेछ र सरकारलाई खर्च गर्ने बाटाे खुल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved