बढ्यो सुनको मूल्य

नेपालभ्युज

बढ्यो सुनको मूल्य

काठमाडौं। गत साताको तुलनामा आइतबार सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँ बढेको हो। गत शुक्रबार एक सय रुपैयाँ बढेको सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८२७. ४६ डलर र चाँदी प्रतिऔंस २४.७१ डलरमा कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved