प्रदेश १ मा एमाले मिलन : राईले छाडेसँगै मुख्यमन्त्रीमा आचार्यले लिए शपथ

नेपालभ्युज

प्रदेश १ मा एमाले मिलन : राईले छाडेसँगै मुख्यमन्त्रीमा आचार्यले लिए शपथ

विराटनगर । केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको दल नेकपा एमालेमा आन्तरिक एकता हुँदा प्रदेश १ को सत्ता नेतृत्त्व फेरिएको छ । प्रदेश १ मा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीमा भीम आचार्य चयन भएका छन् ।

बिहीबार बिहानै बसेको एमाले प्रदेश संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा चयन भएसँगै आचार्यले मुख्यमन्त्री चयन भएका हुन् । यसअघि, मुख्यमन्त्री रहेका शेरधन राईले संसदीय दलको नेता र मुख्यमन्त्रीको पद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री बनेका आचार्यले प्रदेश प्रमुख सोमनाथ प्यासीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्य प्रदेशसभाको बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved