एमाले स्थायी कमिटी बैठक शुरु, मध्यमार्गी नेताहरू पनि सहभागी

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक शुरु, मध्यमार्गी नेताहरू पनि सहभागी

काठमाडाैं । नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बालकोटमा सोमबार भएको सहमतिअनुसार बस्ने बैठकमा माधव नेपाललाई छाडेका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी भएका छन्।

बैठकमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायत नेता छन्।

आजको बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved