काठमाडौं । आगामी एसिया कप २०२२ का लागि भारतले खेलाडी छनोट गरेको छ । अल इन्डिया सिनियर सेलेक्सन कमिटीले २७ अगस्टदेखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । घोषित टिममा पूर्वकप्तान विराट कोहलीसमेत समावेश छन् ।
६ टिम सहभागी १५औं संस्करणको प्रतियोगिता यसपटक टी-२० फर्म्याटमा हुनेछ । अन्तिमपटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सातपटक उपाधि जितेको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ‘ए’ मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक-आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउनेछन् ।
भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।
भारतीय घोषित टिममा रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान रहेका छन् ।
एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
Facebook Comment
Comment