बंगलादेशमा अहिले कस्तो अवस्थामा छन् हिन्दू ?

बंगलादेशको अल्पसङ्ख्यक धार्मिक समुदाय संस्था हिन्दू, बौद्ध, क्रिश्चियन एकता समाजका अनुसार देशका ६४ मध्ये ४५ जिल्लामा हिन्दू समुदायमाथि कुनै न कुनै प्रकारको हिंसा, अपमान र दुर्व्यवहार भएको छ । १ हिन्दू शिक्षकको हत्या भएको छ ।

नेपालभ्युज

बंगलादेशमा अहिले कस्तो अवस्थामा छन् हिन्दू ?

काठमाडौं । बंगलादेशको राजनीतिक परिवर्तनसँगै भएका साम्प्रदायिक हिंसा, दङ्गा र अराजकताले त्यहाँको अल्पसङ्ख्यक हिन्दू समुदायप्रतिको चिन्ता विश्वव्यापी रूपमा बढेको छ ।

भीडले हिन्दू मन्दिर भत्काउने र जलाउने गरेको समाचार आएका छन् । अहिलेसम्म ४ हिन्दू मन्दिर भत्काइएका छन् । प्रतिष्ठित हिन्दू परिवारमाथि हिंसा र अपमान गरिएको छ ।

राजीनामापछि देश छोडेर भारत पलायन भएकी प्रधामनन्त्री शेख हसिना वाजेदलाई हिन्दू अल्पसङ्ख्यकप्रति सहानुभूति राख्ने शासकमा रूपमा चित्रण गर्न खोजिँदैछ । तर, तथ्यहरूले यो कुरा स्वीकार गर्दैनन् ।

बंगलादेशमा हिन्दू, धार्मिक स्वतन्त्रतावादी, उदारवादी चिन्तक तथा अल्पसङ्ख्यक समुदायका अभियन्तामाथि सबैभन्दा धेरै दमन हसिना शासनकालमै भएको थियो ।

हिन्दूहरूप्रति सहानुभूति राखेर ‘लज्जा’ उपन्यास लेखेबापत् हसिनाले निर्वासित लेखिका तस्लिमा नसरिनलाई देश फर्किन दिएकी थिइनन् । सन् २०१६ मा लोकप्रिय ब्लगर अभिजित रोयको हत्या भएको थियो ।

बंगालादेशमा इस्लामिक कट्टरपन्थी भावना सबैभन्दा धेरै हसिना शासनकालमै बढेको र त्यसको उनले राजनीतिक दोहन गरेको ठानिन्छ । सिद्धान्ततः अवामी लिग धार्मिक स्वतन्त्रतावादी राजनीतिक दल हो । इस्लामिक कट्टरपन्थीको राजनीतिक सहयोग प्राप्त गर्न उनले अनदेखा गर्ने गरेकी थिइन् ।

तर, हसिना सरकारको पतन र पलायनपछि हिन्दू समुदायमाथिको आक्रमण झनै बढेको छ ।

सन् १९४७ मा भारत-पाक विभाजन हुँदा बंगाललाई धार्मिक जनसङ्ख्या बहुलताको आधारमा पूर्वी र पश्चिम बंगालमा विभाजित गरिएको थियो । पूर्वी बंगाललाई पूर्वी पाकिस्तान र पश्चिम बंगाललाई भारतको एक प्रदेश बनाइएको थियो । सन् १९७१ मा पूर्वी पाकिस्तान बंगलादेश भयो ।

पश्चिम बंगालमा आज पनि मुस्लिम जनसङ्ख्या उल्लेख्य छ तर, बंगलादेशमा भने हिन्दू जनसङ्ख्या अनुपात निरन्तर घट्दो छ । सन् १९५१ मा बंगलादेशमा हिन्दू जनसङ्ख्या २२ प्रतिशत थियो । सन् २००० मा ९ प्रतिशतमा झरेको थियो भने अहिले ७.५ प्रतिशत मात्र छ । अहिले बंगलादेशमा करिब १ करोड ७० लाख हिन्दू छन् ।

प्रतिष्ठित हिन्दू सङ्गीतकार राहुल आनन्दको ढाकास्थित घरमा आगजनी गरिएको छ । उनको घर धेरै पुरानो र करिब ३ हजार सङ्गीत तथा वाद्यवादन सामग्रीको सङ्ग्रहालय थियो । सन् २०२३ को सेप्टेम्बरमा बंगलादेश भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रो सङ्गीतकार आनन्दको घर गएका थिए ।

इस्कोनलगायत हिन्दू संस्थाहरू इस्लामिक कट्टरपन्थीको तारो बनेका छन् । हिन्दू महिला र युवतीमाथि इस्लामिक कट्टरपन्थीहरूले गरेका हिंसा र दुर्व्यवहारका दृश्य अहिले सामाजिक सञ्जालमा छ्यापछ्याती छन् ।

बंगलादेशको अल्पसङ्ख्यक धार्मिक समुदाय संस्था हिन्दू, बौद्ध, क्रिश्चियन एकता समाजका अनुसार देशका ६४ मध्ये ४५ जिल्लामा हिन्दू समुदायमाथि कुनै न कुनै प्रकारको हिंसा, अपमान र दुर्व्यवहार भएको छ । १ हिन्दू शिक्षकको हत्या भएको छ । १०० भन्दा धेरैलाई चोटपटक लागेको छ ।

हिन्दूहरूको एउटा सङ्ख्या देश छोडेर भारत पलायन गर्न खोजिरहेको छ । तर, सीमा क्षेत्रमा कडाइ गरिएको हुँदा उनीहरू भारत प्रवेश गर्न भने सकेका छैनन् । बिहीबार करिब ३०० हिन्दू जालपाइगुरी सीमा क्षेत्रमा जम्मा भएर भारततिर प्रवेश गर्न खोजेका थिए । तर, सम्भव नभएपछि छरिएका थिए ।

आन्तरिम सरकार प्रमुखको शपथ लिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनिसले हत्या, हिंसा र दङ्गा रोक्न, अल्पसङ्ख्यक समुदायमाथि कुनै दुर्व्यवहार नगर्न आह्वानसमेत गरेका छन् । उनले भावुक हुँदै भने— यदि तपाईंहरू मेरो कुरा मान्नुहुन्न भने म यहाँ हुनुको कुनै उपयोगिता हुने छैन ।

सोही दिन उनी पेरिसबाट ढाका आएका थिए ।

बंगलादेश हिन्दू कानून सुधार परिषद्का सदस्य मोन्या तुलकदारले द रोयटर्सलाई भनेका छन्— यहाँ हिन्दू समाज त्यति कमजोर छैन, अब हामी सामाजिक प्रतिरोधको विधि बढाउँछौँ । राजनीतिक परिवर्तनलाई सामाजिक तथा धार्मिक सद्भाव भड्काउने अवसरका रूपमा प्रयोग गर्न चाहने तत्वलाई सफल हुन दिइने छैन ।

आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले पनि भिडिओ सन्देश जारी गरेर अल्पसङ्ख्यकमाथि कुनै पनि खालका हिंसा सह्य नहुने बताएका थिए ।

यी पनि पढ्नुहोस :

यस्तो छ बंगलादेश सम्हाल्ने युनुस टिम

नरसंहार चाहन्थिन् हसिना, अन्तिम समयमा छोराले मनाएपछि देश छाडिन् !

हसिना भन्थिन् – युनुसलाई गंगामा डुबाऊ !

निर्वासित बंगलादेशी लेखिकाको टिप्पणी-हिजो मलाई लखेट्यौ, आज आफैँ देश छोडेर भाग्यौं

को हुन् बेगम खालिदा जिया ?

हसिनाविरूद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र

बंगलादेशमा संसद् विघटन

को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ

कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?

हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया

पलाइसे रे पलाइसे हसिना पलाइसे !

शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन

हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved